हेटौंडामा कालोबजारी गर्ने मेडिकल शिल, २ जना पक्राउ

हेटौंडा खबर
७ जेष्ठ २०७८, शुक्रबार २०:४२

हेटौंडामा अक्सिमिटरमा कालो बजारी गर्ने मेडिकललाई प्रशासनले शिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त बजार अनुगमन टोलीले हेटौंडा राप्ति रोडको सान्वी मेडिकोले ८ सय रुपैयाँँ पर्ने अक्सिमिटर २ हजार ८ सयमा बिक्री गरेको फेलापारि २ जनालाई पक्राऊ गरेको छ ।

अनुगमन टोलीलाई खरीद बिल समेत देखाउन नसकेपछि अक्सिमिटर बिक्री गर्ने निशा आचार्य र मनिता मल्ललाई पक्राऊ गरी जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।

अक्सिमिटर शरीरमा भएको अक्सिजनको मात्रा थाहा पाउन औलामा राखेर प्रयोग गरिने मेशिन हो ।

मनिष राम श्रेष्ठको नाममा दर्ता रहेको सो फार्मेसीलाई प्रशासनले सिल गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सो फार्मेसीलाई कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको अनुगमन टोलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज विभिन्न औषधि पसलहरुको अनुगमन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*