हेटौंडा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान, दैनिक १५ सिलिन्डर उत्पादन

हेटौंडा खबर
८ जेष्ठ २०७८, शनिबार ११:३५

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार बिहान अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

डाक्टर काफ्लेका अनुसार आजैबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ ।

‘२४ घण्टामा १५ थान ठुलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ, परिक्षण पनि भैसक्यो आजै साझबाट उत्पादन हुन्छ’, काफ्लेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*