पछिल्लो २४ घन्टामा हेटौंडा अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
८ जेष्ठ २०७८, शनिबार ११:५१

हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ५ जना संक्रमितको निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

शुक्रबार दिउसोदेखि हालसम्म ५ जनाको निधन भएको हो ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ निवासी ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर ११ निवासी ८५ बर्षको पुरुष, मनहरी गाउँपालिका वडा नम्वर ९ निवासी ६२ बर्षका पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ निवासी ४८ बर्षका पुरुषको मृत्यु र हेटौँडा ११ की ६० बर्षकी महिला रहेका छन् ।

मकवानपुरमा दिनप्रतिदिन कोरोना संक्रमितको मृत्यु दर बढिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*