कांग्रेस अनुगमन समिति मकवानपुरद्वारा ६० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

हेटौंडा खबर
९ जेष्ठ २०७८, आईतवार १२:३३

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरद्वारा हेटौंडा अस्पताल र मकवानपुर उद्योग बाणिज्य संघ कोभिड हेल्थ डेक्सलाई ६० थान भरेको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले आईतबार अस्पताल परिसरमै पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक चिरन्जिवी चुँडाललाई ५० थान र मकवानपुर उद्योग वाणिज्य संघको कोभिड हेल्थ डेक्सलाई १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

हेटौंडा ५ भैरवरोडकी समाजसेवी लता पराजुलीको विशेष आर्थिक सहयोगमा कांग्रेस कोभिड अनुगमन समिति मकवानपुरले हेटौंडा अस्पताललाई ५० थान र मकवानपुर उद्योग वाणिज्य संघको कोभिड हेल्थ डेस्कलाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।

अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मउवासंघका कोषाध्यक्ष कृष्ण अग्रवाल, कांग्रेस कोभिड १९ अनुगमन समितिका सचिव मणिराज गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, सुधिर दाहाल, डोल्मा स्याङ्वो, मदन जोशीलगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले यसअघिसमेत पटकपटक गरेर २ सय ५० थान अक्सिजन सिलिण्डर हेटौंडा अस्पताललाई सहयोग गरिसकेको छ भने अग्रस्थानमा खटिने नेपाल पत्रकार महासंघ मकवानपुरलाई नगद ३० हजारसहित माक्स सेनिटाईजर, वडा प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई माक्स तथा सेनिटाईजर सहयोग गरेको अनुगमन समितिका संयोजक ईटेनीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*