हेटौंडामा रास्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

हेटौंडा खबर
९ जेष्ठ २०७८, आईतवार १९:१७

हेटौंडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओली र रास्ट्रपति बिद्या देवी भण्डारीले गरेको असंबैधानिक कदम बिरुद्द नेपाल तरुण दल हेटौंडा नगर समिती र वाइ सि एल मकवानपुरले प्रधानमन्त्री र रास्ट्रपतिको पुत्ला दहन गरेको हो ।

हेटौंडा उपमहानगरपालिका ४ सितलमहल चोकमा युवाहरुले पुत्ला जलाएका छन् । देश कोरना महामारिमा थलिएको बेला प्रधानमन्त्री र रास्ट्रपतिले संसद विघटन गरीअसंबैधानिक कदम चालेको र देश र जनताको भावनामाथि खेलवाड गरेको भन्दै नारा जुलुससहित युवाहरुले पुत्ला जलाएका हुन् ।

तरुणदल नगर सभापती सुनिल गिरी, वाइ सि एल मकवानपुरका लबराज ठकुरी, अविरल गजुरेललगायतको उपस्थितिमा केपी ओलि मुर्दाबाद, प्रधानमन्त्री राजिनामा दे जस्ता नारा लगाउदै युवाहरुले पुत्ला जलाएका थिए ।

पुत्ला दहन कार्यक्रममा नेपाल तरुण दल नगर उपाध्यक्ष भुपेन्द्र अधिकारी, सन्जय पाठक, तरुण ५ नम्बर अध्यक्ष रबि थापा, तरुण नगर सचिव हेमन्त थापा, तरुण जिल्ला सदस्य बिक्रम खड्गीलगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*