हेटौंडा अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

हेटौंडा खबर
११ जेष्ठ २०७८, मंगलवार १२:४४

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारका क्रममा हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*