हेटौंडामा पुनः लम्बियो निषेधाज्ञा, अब २० गतेसम्म घर बाहिर निस्किन नपाइने

हेटौंडा खबर
११ जेष्ठ २०७८, मंगलवार २१:३४

मकवानपुरमा जारी निषेधाज्ञा पुनः लम्बिएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले निषेधाज्ञाको अवधि लम्ब्याएको हो ।

जेठ १३ गते बिहीबार राती सम्म तोकिएको निषेधाज्ञा जेठ २० गते सम्म लम्ब्याईएको छ ।अब २० गते रातीसम्म घर बाहिर निस्कन पाइने छैन ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस अघिकै निर्णय जस्तै औषधी पसल र अक्सिजनका सवारी बाहेक अन्य व्यवसाय पूर्ण रुपमा बन्द हुनेछ भने हेटौंडाको मुख्य बजारबाहेक अन्य स्थानमा बिहान ५ देखि ८ बजेसम्म अत्यावस्यक सामाग्रीका पसल खोल्न पाइने छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमति बिना अनावस्यक बाहिर निस्किए र निर्णयको उल्लङ्घन गरे कानुन बमोजिन कडा कारवाही गरिने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*