मकवानपुरमा लगातार वर्षा, सतर्क र सुरक्षित रहन प्रशासनको आग्रह

हेटौंडा खबर
१४ जेष्ठ २०७८, शुक्रबार ११:४३

मकवानपुरसहित देशका विभिन्न स्थानमा लगातार वर्षा भैरहेको छ ।

पश्चिम बङ्गालको खाडीबाट विकसित चक्रवात (Cyclonic Storm) यास् (YAAS) का कारण देशको मौसम बदलि भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

मकवानपुर प्रशासनले पनि चक्रवातको प्रभाव परिरहेकाले सतर्क रहन आग्रह गरेको छ ।

एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी, पहिरो र डुबान हुने क्षेत्रमा नजान, नदीखोलाहरुमा माछा मार्नेलगायतका कार्यहरु नगर्न, नदी, खोला किनार र पहिरो आसपास बसोबास गर्ने व्यक्तिहरु उच्च सतर्क रहन, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति महिला तथा वालवालिकाको विशेष ध्यान दिन पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

आफ्नो आसपासको स्थानमा कुनै समस्या वा क्षति भए तुरुन्त प्रशासनलाई खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*