राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य खिमलालले लिए शपथ

हेटौंडा खबर
१४ जेष्ठ २०७८, शुक्रबार १४:५६

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले देवकोटालाई संसदको लोगो लगाइदिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*