स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित मुद्दा दर्ता

हेटौंडा खबर
१५ जेष्ठ २०७८, शनिबार ०९:५२

भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ ।

रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । रावतमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरोप लागेको छ ।

आरोपीलाई बाँके जिल्ला अदालतले आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रावत नेकपा एमाको कार्यकर्ता हुन् । दाङको तुलसीपुर घर भएका मानबहादुर नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*