पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, बीमाको ५० प्रतिशत रकम सरकारले बेहोर्ने

हेटौंडा खबर
१५ जेष्ठ २०७८, शनिबार १८:४१

सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले घोषणा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*