हटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपीई सेट सहयोग

हेटौंडा खबर
१९ जेष्ठ २०७८, बुधबार १८:३९

हटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपीई सेट सहयोग गरिएको छ । बुधबार अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहयोगार्थमा तरुण दल नगर समितिको संयोजनमा ३५ थान पिपीई हस्तान्तरण गरिएको थियो ।

इनासका अध्यक्ष राम तामाङ सहित पदाधिकारीहरु र ग्लोबल आइसिसीको सहयोगमा ३५ थान पुन प्रयोग गर्न मिल्ने पिपीई सेट सहयोग गरेको इनासका पूर्व महासचिव एलिसराज सञ्जेलले बताए । सञ्जेल, तरुण दल नगर अध्यक्ष सुनिल गिरीले संयुक्त रुपमा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, कोभिड अनुगमन समितिका संयोजक उत्सव इटेनी लगायत स्वास्थ्यकर्मी, तरुण दलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*