हेटौंडाका व्यवसायी हिरालाल पक्राउ

हेटौंडा खबर
२१ जेष्ठ २०७८, शुक्रबार ११:३४

हेटौंडाका व्यवसायी हिरालाल केशरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

कोरोना माहामारीका बिच अटेर गरी व्यवसाय संचालन गरी निषेधाज्ञा उल्लङ्घन गरेकाले उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा विपरित उनले मिनी मार्ट संचालन गरी सामान बेचेको र भिडभाड बढाएकोले पक्राउ गरी जिल्ला प्रशासन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय न्मकवान्पुरले जनाएको छ ।

प्रशासनले बिहान ४ देखि ९ बजेसम्म अत्यावस्यक खाद्यान्न लगायतका पसल संचालन गर्न पाईने बताएपनि सुपर मार्केटलगायतका पसल भने खोल्न नपाईने निर्णय भएको थियो तर हिरालालले मिनी मार्ट संचालन गरी सामान बेचेपछि उनलाई नियब्त्रणमा लिईएको हो ।

त्यस्तै अटेर गर्दै हार्डवेयर र कपडा पसल संचालन गर्नेलाई पनि प्रहरीले समातेको छ ।

हेटौंडा ४ को एक हार्डवेयर र हेटौंडा २ को एक कपडा पसल संचालकलाई पनि पक्राउ गरी जिल्ला प्रशासनमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*