हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा २ संक्रमितको मृत्यु, १० जना निको भएर घर गए

हेटौंडा खबर
२१ जेष्ठ २०७८, शुक्रबार १३:३८

हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका २ जना संक्रमितको निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

आइसीयुमा उपचाररत हेटौंडा १३ का ४१ बर्षीय पुरुष र हेटौंडा ४ निवासी ७३ बर्षिय पुरुष संक्रमितको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार २४ घन्टामा १० संक्रमित निको भएर घर फर्किएका छन् । स्टेप डाउन वार्ड,इमर्जेन्सी वार्ड र एचडियु कक्षका ५ महिला र ५ पुरुष डिस्चार्ज भएर गएका हुन् ।

हेटौंडा अस्पतालबाट हालसम्म १६६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने ६८ जनाको निधन भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*