रोटरी र रोट्र्‍याक्टको ‘भोकालाई भोजन’ अभियान: हेटौंडामा निशुल्क खाना वितरण जारी

२३४ जनालाई खाना खुवाइयो
हेटौंडा खबर
२१ जेष्ठ २०७८, शुक्रबार १५:३९

रोटरी क्लब अफ मकवानपुर र रोट्र्‍याक्ट क्लब अफ मकवानपुरको सक्रियता तथा पञ्चसिद्धि फाउण्डेसनको सहयोगमा हेटौंडामा निशुल्क खाना खुवाउने क्रम जारी छ ।

क्लबले हेटौंडा उपमहानगरपालिका ४ स्थित हुप्रचौरमा बिगत १० दिनदेखि नियमित खाना वितरण गर्दै आइरहेको छ ।

आज दशौ दिन आज हुप्रचौरमा १०४ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि १०० र असहाय बिरामीहरुका लागि घरमुखी सेवाबाट ३० जना गरी कुल २३४ जनालाई खाना खुवाइएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिए ।

क्लबले हेटौंडा अस्पतालमा उपचारारत बिरामीलाई बिहानीको नास्तासमेत प्रदान गर्दै आएको छ  ।

विभिन्न व्यक्ति तथा संघ-सस्थाको सहयोगमा क्लबले निषेधाज्ञा र कोरोनाको माहामारीले समस्यामा परेका हरुलाई खाना वितरण गर्दै आएको छ । रोटरीको ‘भोकालाई भोजन’ अभियान माहामारी र निषेधाज्ञा भर जारी रहने सांगामीले जानकारी दिए ।

आजको खानाको लागि हेटौड़ा १९ निवासी हरीबंश भेंटवाल तथा सम्पूर्ण परिवारबाट प्राप्त सहयोगले खाना वितरण गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*