कोरोनाको तेस्रो र चौथो लहरको चेतावनी, बालबालिकाका लागि बेड छुट्याउन र अक्सिजनको व्यवस्थापन गर्न निर्देशन

हेटौंडा खबर
२१ जेष्ठ २०७८, शुक्रबार १७:३५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्ने भन्दै सबै अस्पतालहरुलाई बालबालिकाका लागि बेड छुट्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई स्वीकृत शैयाको कम्तिमा २०% शैया कोभिड –१९ संक्रमित बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकाले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र भएको भन्दै मन्त्रालयले अब तेस्रो, चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने बताएको छ ।

मन्त्रालयले वैकल्पिक प्राणवायुको रुपमा रहेको अक्सिजनको व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*