हेटौंडाको राप्ती खोला उत्खनन् गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा

हेटौंडा खबर
२३ जेष्ठ २०७८, आईतवार १६:२०

हेटौंडाको राप्ती खोला दोहन गरिरहेको अवस्थामा विभिन्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार अबैध नदिजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने स्काभेटर,जेसिबी,टिफर,ट्याक्टर लगाएतका ४६ वटा सवारीसाधनलाई मकवानपुर प्रहरीले कारवाही गरेको छ ।

अबैध रुपमा नदि उत्खनन् भईरहेको छ भनी सूचनाका आधारमा आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलिले आईतबार बस्तिपुर स्थित राप्ती खोलाबाट प्र.२—०३—०१ त ३२५२ र ना ६ त ६३५६ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गत शनिबार प्र.२—०३— ००१ क ०४०१ नं।को ब्याक लोडर जेसिबि, ना.७ ख ५५३४ नं.को टिपर, बा.प्र.०३—००१ ख १३३१ नं.को टिपर र आईतबार ना.४ त २४१२, ना.३ त ८०८, ना.३ त १३१५ र  ना ६ त ६०४ नंम्बरको ट्याक्टरलाई हेटौडा उपमहानगरपालीका वडा नम्बर ९ र १५ स्थित बिभिन्न खोलाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्वनर रिमालले जानकारी दिए ।

मकवानपुर प्रहरीका अनुसार गत बैशाख र जेठ महिनामा ४६ वटा ट्याक्टर, जेसिबी १ थान, स्काभेटर १ थान, र टिपर ३ वटा लाई अबैध नदिजन्य पदार्थ उत्खनन तथा दोहन गरेकोमा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानिय तहमा पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*