हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२३ जेष्ठ २०७८, आईतवार १६:४४

हेटौंडा अस्पतालमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ३ जना संक्रमितको निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा मकवानपुरगढी-२ का ५० वर्षीय पुरुष, राक्सिराङ-१ का ८२ वर्षीय पुरुष र सलार्ही-५ का ८६ वर्षीय पुरुष संक्रमितको निधन भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*