कोरोना जितेर फर्किए ‘पुरण बहादुर जोशी’

हेटौंडा खबर
२३ जेष्ठ २०७८, आईतवार १८:११

 शिक्षासेवी एवम् हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरण बहादुर जोशी कोभिड-१९ लाई जितेर हेटौंडा फर्किएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछी उनलाई गत बैशाख २० गते काठमाडौं स्थित काठमाडौं मेडिकल कलेजमा लगिएको थियो ।

उनी ३५ दिन पछी निको भएर घर फर्किएका हुन् ।

सुरुमा हेटौंडा अस्पतालमा पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएपछी हेलिकप्टर मार्फत उनलाई काठमाडौं लागिएको थियो ।

अस्पताल पुर्याउदा जोसीलाई कोभिड निमोनिया भएको चिकित्सकले बताएका थिए । कोभिड कै कारण फोक्सोमा इन्फेक्सन देखिएको उनको विभिन्न विधिबाट उपचार गरिएको थियो ।

उनको २४ दिन आइसीयु कक्ष र १० दिन वार्डमा राखेर उपचार गरिएको जोशीको परिवारले जनाएको छ । स्वास्थ्यमा सुधार भएपछी आइतबार उनलाई हेलिकप्टरबाट नै हेटौंडा ल्याइएको हो ।

परिवारका अनुसार अहिले उनको अवस्था सामान्य छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*