हेटौंडामा जुवाको खालमा अनैतिक क्रियाकलाप, पक्राउ परेकालाई करणीको मुद्धा, थप एक पक्राउ

हेटौंडा खबर
२६ जेष्ठ २०७८, बुधबार १२:३३

हेटौंडामा हिजो जुवाको खालबाट पक्राउ परेका व्यक्तिलाई जवर्जस्ती करणीको पनि मुद्धा चलाइएको छ ।

हेटौंडा उपमहानगरपालिका-४ बैंक रोडबाट जुवा खेलिरहेको अवस्थामा हिजो ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जुवाको खालमा जुवासंगै संकास्पद तथा अनैतिक क्रियाकलाप भएपछी प्रहरीसम्म कुरो पुगेको थियो ।

एक महिलाले प्रहरीमा खबर गरेपछि तत्काल प्रहरीले ५ जनालाई समातेको थियो ।

महिलाले पुनः आफुलाई जवर्जस्ती करणी गरेको उजुरी दिएपछि उनिहरु बिरुद्ध अर्को मुद्धा दायर गरी कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

‘करणी गरेको उजुरी परेको छ, अनुसन्धान अघि बढाईएको छ, आज अर्का एक व्यक्ति समातिएका छन्’, मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।

प्रहरीले हिजो बर्ष ४० को रुस्तम कोईराला, बर्ष ५४ को अमर प्रधान, बर्ष ४० को प्रकाश मानन्धर, बर्ष ३३ को बिनोद घर्ति र चितवनका बर्ष ४४ को सुरेश पौडेललाई पक्राऊ गरेको थियो । आज थप एकजना पक्राउ परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*