हेटौंडाको पल्पसा आइसोलेसनलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग

हेटौंडा खबर
२६ जेष्ठ २०७८, बुधबार १२:४७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको विशेष पहलमा हेटौंडाको पल्पसा आइसोलेसन सेन्टरलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग भएको छ ।

डीनाको पहलमा हिमाल मुटु अस्पतालले ‘अक्सिजन कन्सन्ट्रेटर’ उपलब्ध गराएको हो । बुधबार बिहान एक कार्यक्रमकाबीच मकवानपुर उद्योग वाणिज्य संघलाई कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

मउवा संघको अगुवाईमा जिल्लाका विभिन्न संस्थाले संयुक्त रुपमा पल्पसा आइसोलेसन सेन्टर सञ्चालन गरेको हो । अक्सिजन कन्सन्ट्रेटर सहयोग हस्तान्तरण गर्दै कांग्रेस केन्द्रीय सदस्य डीनाले कोरोनाको कारण नेपालमा मृत्युदर बढ्नु दुःखद भएको बताइन् । यसअघि राक्सिराङ गाउँपालिकाको लागि ५ वटा कन्सन्ट्रेटर सहयोग गरिएको उनले जानकारी दिइन् ।

‘मकवानपु उद्योग वाणिज्य संघको अगुवाईमा सञ्चालन भैरहेको पल्पसा आइसोलेसन सेन्टरले कोरोना संक्रमितलाई राहत मिलेको छ’, उनले भनिन्, ‘आइसोलेसन सेन्टरलाई आवश्यकता अनुसार व्यक्तिगत रुपमा र दिव्यतारा सहकारी संस्था पनि सहयोग र सहकार्य गर्न तयार छ ।’ मउवा संघका अध्यक्ष कृष्ण कटुवालले सबै संघसंस्थाको सहयोगबाट आइसोलेसन सेन्टर सञ्चालन भैरहेको भन्दै सहयोगको लागि आभार व्यक्त गरे ।

अक्सिजन कन्सन्टे«टर सहयोग कार्यक्रममा दिव्यतारा सहकारीका पदाधिकारी, मउवा संघका पदाधिकारी एवम् कांग्रेस नेताहरु उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*