हेटौंडाकी उपमेयरको कोठाबाटै गोप्यरुपमा कोरोनाको खोप !

हेटौंडा खबर
२८ जेष्ठ २०७८, शुक्रबार २१:३३

सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन भनेको कोरोना विरुद्धको खोप हेटौंडा उपमहानगरपालिकाकी उपमेयरको कार्यकक्षमा गोप्यरुपमा चिनजानको आधारमा लगाइरहेको भेटिएको छ ।

शुक्रबार उपमेयर लामाको कक्षमा धमाधम खोपको कार्ड बनाउदै खोप लगाइरहेको पाईएको हो ।

सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन पठाएको खोपको हेटौंडा उपमहानगरपालिकाकै कार्यालयले दुरुपयोग गरेको भेटिएको छ ।

नेपालि कांग्रेस कोभिड अनुगमन समितिका सदस्य सुनिल गिरीले गोप्य रुपमा मनलाग्दी खोप लगाइरहेको भिडियो सामाजिक सञ्जालमा राखेपछि यो घटना बाहिर आएको हो ।

गिरीले सार्वजानिक गरेको भिडियोमा जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाई र खोप लगाउदै गरेका विभिन्न व्यक्तिहरु र उनीहरुको खोप कार्डको विवरण उल्लेख भएको छ ।

यता उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले उपमेयरले भनेकाले खोप लगाइएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*