एमाले मिलेपछि बागमती प्रदेशको बार्षिक नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

हेटौंडा खबर
२९ जेष्ठ २०७८, शनिबार १४:३०

बागमती प्रदेश सरकारले २०७८/७९ को लागि पेश गरेको बार्षिक नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष ७८/७९ को बार्षिक नीति तथा कार्यक्रमलाई नेकपा एमालेको माधव नेपाल- झलनाथ खनाल पक्षले समर्थन गरेपछि पास भएको हो  ।

आज बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएका थिए ।

केहि प्रदेशसभा सदस्यले राखेका सबै संसोधन प्रस्तावहरु अस्वीकृत भएको छ ।

आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रम निणयार्थ पेश गरेपछि बहुमतले स्वीकृत भएको घोषणा गरे ।

उनका अनुसार प्रदेशसभाको आगामी बैठक असार १ गते बस्ने गरी स्थगित भएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले सम्बोधन गरेको बार्षिक नीति तथा कार्याक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए ।

प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न र सुझावहरुको सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले राम्रा सुझावलाई सरकारले सम्बोधन गर्दै अघि बढ्ने बताए  ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*