नागस्वती ईनभेष्टमेन्ट ग्रुपद्वारा ‘हेल्प डेक्स मकवानपुर’लाई सहयोग

हेटौंडा खबर
१ असार २०७८, मंगलवार १९:५०

नागस्वती ईनभेष्टमेन्ट ग्रुप हेटौंडा ७ को तर्फबाट हेटौंडा अस्पताल परिसरमा रहेको हेल्प डेक्स मकवानपुरलाई १ हप्ताको लागि बिहानी खाजा, ५० कार्टुन पानी र २ हजार पिस मास्क बितरण गर्नु भएको छ ।

विभिन्न सामाजिक काममा अग्रसर रहेको समूहले अघिल्लो बर्ष नगरका वडाभित्र खाद्यान्न सहयोग तथा आर्थिक अवस्था कमजोर भएको ब्यक्ति हेरेर १३ घरधुरी लाई स्वास्थ बिमा सुबिधा निशुल्क उपलब्ध गराईदिएको थियो ।

समुहले नगरमा हुने हरेक खेलकुद कार्यक्रममा सहयोग गर्दै आएको छ । समुहको सदस्यले ब्यवसाय संचालन बाट आएको नाफा बाट केही प्रतिशत समाजसेवा गर्दै आएकोमा समूहले आज हप्ता दिनको बिहानी खाजा उपलब्ध गराएको हो ।

महामारीको बेला अस्पताल परिसरमा बसेर हेल्प डेस्क संचालन गरि बिरामी र बिरामीकुरुवा आफन्तहरुलाइ सहयोग गर्दै आएको हेल्प डेक्स लाई नागस्वोती ईन्भेस्टमेन्ट समुहको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै उक्त असल काम को लागि धन्यवाद दिदै आगामी दिनमा कुनै पनि सहयोग आवश्यक परेमा उचित सहयोग गर्ने समूहको सदस्य हेम अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।

हेल्प डेक्स मकवानपुरले गत जेठ ३ गतेदेखि अस्पताल भित्रका बिरामी तथा बिरामीका कुरुवाहरुलाई विभिन्न संघ सस्था सग सम्वनमय गरेर बिहानको खाजा , खाना , दिउँसोको खाजा , बेलुकिको खाना खुवाउदै आईरहेको छ ।

अस्पताल भित्रका बिरामी तथा बिरामिका कुरुवाहरुलाई सहजीकरण ,उनिहरुलाई निशुल्क रुपमा पानी, मास्क बितरण गर्दै , कोभिड चेक गर्ने ब्यक्तिहरुको पि सि आर रिपोर्ट ,समन्धित ब्यक्तिलाई इमेल मार्फत पठाउने , अक्सिजनहरुको सम्वनमय गर्ने , बेडहरु , रगत , प्लाज्मा , लगायत बिरामी तथा बिरामीका कुरुवाहरुलाई पर्न सक्ने समस्याहरुको बिशेष ख्याल गर्दै उनिहरुलाई औसधि , एम्बुलेन्स लगायत अन्य सहजीकरण गर्दै आइरहेको हेल्प डेस्क मकवानपुरका संयोजक रामकृष्ण शिवाकोटीले जानकारी दिनुभयो

यसमा तपाइको मत

Your email address will not be published.


*