विद्युतीय बस चलाउन बागमती सरकारको ५० करोड बजेट, हेटौंडा-चितवनखण्डमा चार्जिङ स्टेशन

हेटौंडा खबर
१ असार २०७८, मंगलवार २०:४४

बागमती प्रदेश सरकारले वातावरणमैत्री विद्युतीय बस संचालनको लागि ५० करोड बजेट विनियोजन गरेको छ ।

विद्युतीय बस र ठूला सार्वजनिक यातायात संचालन तथा व्यवस्थापन गरी यातायात सेवालाई सर्वसुलभ, विश्वसनीय रमितव्ययी बनाउन प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डमार्फत कार्यान्वयन गर्ने गरी नेपाल सरकारको सहलगानीमाआवश्यक पूर्वाधार सहितको विद्युतीय बस सेवा सञ्चालन उक्त रकम छुट्याईएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।

साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ्ग स्टेशनको स्थापना गर्नुको साथै काठमाडौं – मुग्लिङ्ग र भरतपुर हेटौडाखण्डका उपयुक्त स्थानहरुमा निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय चार्जिंग स्टेशनसहितको एकीकृत स्मार्ट रिफ्रेश एण्ड ट्रान्सफर सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

साथै बागमती प्रदेशको राजमार्गको छेउमा आवश्कता अनुसार सार्वजनिक शौचालय निर्माण गर्न पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*