प्रदेश राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउन ९७ करोड बजेट विनियोजन

हेटौंडा खबर
१ असार २०७८, मंगलवार २१:१०

बागमती प्रदेश सरकारले हेटौंडालाई सुविधा सम्पन्न बनाउन ९७  करोड बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशको आगामी आर्थिक वर्ष २०७८-७९ को बार्षिक बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न ९७ करोड बजेट विनियोजन गरेको ढुङ्गेलले बताए ।

त्यस्तै प्रदेश सभा हल एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हल निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरेको बताइएको छ ।

शहरी सडक पूर्वाधार सुधार, समुन्नत जीवनको आधार कार्यक्रमको लागि प्रदेश स्थित शहरी क्षेत्रका सडकहरुलाई स्तरयुक्त बनाउन दिगो शहरी सडक सुधार कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारले आवश्यका बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*