ट्रकमा लुकाएको झन्डै एक क्विन्टल गाँजासहित हेटौंडाबाट ५ जना पक्राउ

हेटौंडा खबर
२ असार २०७८, बुधबार १७:३३

मकवानपुर प्रहरीले झन्डै एक क्विन्टल लागुऔषध गाँजासहित हेटौंडाबाट ५ जनालाई पक्राउ गरेको छ । ट्रकको सिटमुनि लुकाएर ल्याएको अवस्थामा हेटौंडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङबाट ९६ किलो ४०० ग्राम लागुऔषध गाँजा प्रहरीले फेला पारेको हो ।

मंगलबार राती १० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले मनहरी तर्फबाट हेटौडा तर्फ आईरहेको ना.२ ख ५५७९ नं. को कन्टेनर गाडीमा लागुऔषध गाँजा ल्याईरहेको छ भन्ने सूचनाको आधारमा पुर्व पश्‍चिम लोकमार्ग सडकखण्डमा उक्त गाडिलाई रोक्न खोज्दा नरोकी भागेको र सो गाडिलाई पिछा गर्दै जाँदा हेटौंडा १० स्थित भुटनदेवी मोड नजिक फेला पारी चेकजाँच गर्दा गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा भेटिएपछी चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २५ को सन्तोष आले मगर, सह-चालक बर्ष २१ को मोसा घलान र गाडीमा रहेका कवानपुर कैलाश गाउँपालिका वडा नं ०८ भार्ता बस्ने वर्ष २४ को उमेश लामालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त लागुऔषध गाँजा कारोवारमा थप संलग्न ब्यक्ती चितवन राप्ती नगरपालिका वडा नं. २ बस्ने बर्ष ३१ को बिष्णु लामा र मकवानपुर कैलाश गाउँपालिका वडा नं. ८ बस्ने बर्ष २९ को रोशन मुक्तानलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ५ जना, लागुऔषध गाँजा र कन्टेनर गाडी अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*