पारस पाठकको नेतृत्वमा लियो क्लब अफ ‘हेटौंडा सुर्योदय क्लासिक’

हेटौंडा खबर
३ असार २०७८, बिहीबार २२:१८

पारस पाठकको नेतृत्वमा लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको नयाँ कार्यसमिति चयन गरिएको छ ।

क्लबको दोस्रो वार्षिक साधारण सभाबाट आगामी लायन्स वर्ष २०२१/२२ का लागि पाठकको नेतृत्वलाई क्लबको जिम्मेवारी दिएको हो ।

सभाले क्लबको उपाध्यक्षमा क्रमशः प्रबेश धिताल कुन्दन, सुजन ढुंगाना र रोमि सिंह ठकुरी चयन भएका छन्, ।

त्यस्तै सभाले क्लबको सचिवम सोमलाल घलान भुवन, कोषाध्यक्षमा गंगा सापकोटा, सह–सचिवमा मनकामना पुडासैनी र सह– कोषाध्यक्षमा मन्जु क्षेत्रीलाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*