हेटौंडामा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली, दिउसो पसल खोल्न पाईने

हेटौंडा खबर
६ असार २०७८, आईतवार २१:४४

मकवानपुरमा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेदेखि लागू हुनेगरी जोर–बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । पुनः एक हप्ता निषेधाज्ञा थप भएपनि निजि सवारीमा जोर बिजोर प्रणाली लागू भएको छ ।
त्यस्तै  पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२:०० बजेदेखि दिनको ४:०० बजेसम्म  खोल्न पाइने निर्णय भएको छ । तर फुटपाथमा पसल राख्ख नपाउने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) को पसल विहान ४:०० बजेदेखि विहान १०:०० बजेसम्म मात्र खोल्न पाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*