हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु

हेटौंडा खबर
१४ असार २०७८, सोमबार १३:३४

हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग र समन्वयमा सोमबार बिहानदेखि डायलासिस सेवा सुरु भएको हो । सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम सिमेन्ट उद्योगले एउटा र युनिलिभरले २ वटा डायलासिस मेशिन सहयोग गरेका हुन् । अस्पतालमा आजैबाट सेवा सुरु भैसकेको अस्पताल अध्यक्ष राजेश प्रसाईले जनकारी दिए ।

मकवानपुरमा हाल डायलासिस गर्नु पर्ने मृगौलाका रोगी ५३७ जना रहेको जनकारी आएको मदन भन्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल सन्चालक समितीका सदस्य उत्सव चौलागाईंले बताए । अब ती सबै बिरामीको डायलासिस अब हेटौंडा अस्पतालमै हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*