प्रधानमन्त्रीद्वारा हेटौंडा स्थित ‘मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान’को शैक्षिक कार्यक्रम शुभारम्भ

हेटौंडा खबर
१४ असार २०७८, सोमबार १७:५५

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ ।

हेटौंडामा आज एक कार्यक्रमका बिच भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा क्षेत्रका ३ वटा संकायको अध्यापन सुरु गरिने भएको छ । चिकित्सा शिक्षा आयोगले तीन संकायको स्त्नातकतह अध्यापन गराउनको लागि प्रतिष्ठानलाई अनुमति दिएको  छ । प्रतिष्ठानले जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजिष्टको स्नातक तहको अध्यापन आउदो आर्थिक बर्षदेखि सुरु गर्दैछ ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डौरमणी पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सहकुलपति एवं बागमती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी, शिक्षाध्यक्ष डाक्टर सतिश कुमार देव, प्रतिष्ठान संचालक समितिका अध्यक्ष एवम् रजिस्टार राजेश प्रसाईलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रतिष्ठानले अध्यापन गराउने बिषय, कार्यक्रम र मातहतको हेटौंडा अस्पतालका सेवाहरु बिस्तारका बारे जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रतिष्ठान संचालक समितिका अध्यक्ष एवम् रजिस्टार राजेश प्रसाईले हेटौंडा अस्पतालको सेवा बिस्तार र स्तर उन्नतीको काम भैरहेको बताए । अबको केहि समयमै अस्पतालमा सिटिस्क्यान सेवा, एनआइसीयु, पीआइसीयुलगायतका सेवाहरु सुचारु गर्ने उनले बताए  ।

यसमा तपाइको मत

Your email address will not be published.


*