लगातारको बर्षाले हेटौंडाका विभिन्न स्थान डुबानमा (भिडिओ)

हेटौंडा खबर
१९ असार २०७८, शनिबार ०९:२८

लगातारको बर्षाले हेटौंडाका केहि स्थान डुबानमा परेका छन् । हेटौंडा उपमहानगरपालिका ५ गर्दोई,शान्तिनगर क्षेत्र डुबानमा परेको छ यहाँका केहि घरमा पानि पसेको छ भने सडकमा आवतजावत गर्न कठिनाई भएको छ ।

सानोपोखारा बुद्धमार्गका केहि घरभित्रै पानि पसेको छ । पिप्ले, सानोपोखाराका केहि भाग, सिचाईटोल लगायतका क्षेत्र जलमग्न बनेका छन् ।

त्यस्तै कर्रा खोलाको पानिको सतह बढेको छ । हालसम्म कुनै भौतिक क्षति तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।

थाहा नगरपालिका २ स्थित रहेको खोल्सामा पानिको बहाब बढेकोले जोखिम रहेको तर हाल सम्म क्षती नभएको प्रहरीले जनाएको छ ।

लगातारको बर्षाका कारण मकवानपुरमा विभिन्न सडक अवरुद्द भएका छन्  ।

हेटौडा-भैसे सडकखण्डमा भिमफेदी गाउँपालिका  १ बाघझोरामा सडक अवरुद्द भएको प्रहरीले जनाएको छ  । त्यस्तै भैसे-भिमफेदी-फाखेल र सिस्नेरी सडकखण्डको भिमफेदी गाउँपालिका  २ पान्द्राङ, भिमफेदी गाउँपालिका  ६ गढी-देउराली सडकमा पहिरोको कारण अवरुद्द भएको छ  ।

त्यस्तै ईन्द्रसरोबर गाउँपालिका  ४ र २ नम्बर वडाका विभिन्नमा सडक अवरुद्द भएको छ ।

त्यस्तै भिमफेदी गाउँपालिका ८ कोगटेमा पिचनै बगाएको प्रहरीले जनाएको छ , कान्ती लोकपथ अन्तरगत ललितपुरको भट्टेडाडा स्थित सडकमा पहिरो गएको छ भने त्रीभुवन राजपथ (भैसे पालुङ नौबिसे सडक खण्ड) भिमफेदी गाउँपालिका ९ अघोर, थाहा नगरपालिका ६ खानीगाउँ र गैरीगाउँमा पनि पहिरोको कारण सडक अवरुद्द भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*