हेटौंडामा फेरी थपियो निषेधाज्ञा

हेटौंडा खबर
२० असार २०७८, आईतवार १९:१२

मकवानपुरमा जारी निषेधाज्ञा थप खुकुलो बनाएर एक हप्ता लम्ब्याईएको छ । असार २१ गते रातीसम्म जारी निषेधाज्ञा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन थप गरेको हो ।

बैठकले जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई असार ३१ गते राती १२:०० बजेसम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*