हेटौंडाबाट १ सय ७८ किलो गाँजासहित २ पक्राउ, एक फरार

हेटौंडा खबर
२४ असार २०७८, बिहीबार १९:४३

मकवानपुर प्रहरीले हेटौंडाबाट एक सय ७८ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
हेटौंडा उपमहानगरपालिका २  रिलायन्स बोडिङ् स्कुल अगाडीबाट प्रदेश ३-०१-०२२ च ७२३७ नं को बोलेरो पिकअप गाडीमा लुकाएर राखेको  १२० किलो ९०० ग्राम लागुऔषध गाँजा प्रहरीले फेला पारेको हो ।
वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाबाट खटिएको प्रहरीको मोवाईल गाडीलाई देख्नसाथ उक्त बोलेरो गाडी रोकी चालक फरार भएपछी प्रहरीले उक्त गाडी चेक जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ उक्त गाडी प्रहरीको नियन्त्रणमा रहेको र फरार चालकको कोजतालास भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै हिजो साझ प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडा उपमहानगरपालिका १५ पिपल चौतरा पुर्व पश्चिम सडक खण्ड स्थित चितवनबाट बारा तर्फ जादै गरेको ना. ४ च १५०१५ नं. को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको ५७ किलो ९०० ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
गाडी चालक चितवन राप्ती नगरपालिका वडा नं.०६ बस्ने वर्ष २६ को संजय चौधरी र गाडीमा सवार वर्ष ४८ को लालजी साहलाई लागुऔषध गाँजा, बोलेरो पिकअप गाडी सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*