हेटौंडामा आइतबारदेखि सार्वजनिक गाडी चल्ने, अटो,ट्याम्पोलाई जोरबिजोर

हेटौंडा खबर
२४ असार २०७८, बिहीबार १९:४८

मकवानपुरमा सार्वजनिक सवारी संचालन गर्न पाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार जिल्लाभर आउदो २७ गतेदेखि सिट क्षमता अनुसार यात्रु बोक्न पाईने छ । विभिन्न स्वास्त्य सुरक्षामा मापदण्ड पालना गरी बिहान ६:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म यातायात संचालन गर्न पाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले कूल सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,सबै यात्रहरूलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सैनिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनु पर्ने, सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रूपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिनेलगायत निर्णय गरेको छ ।

तर मयुरी, अटो,  ट्याम्पो, म्याजिक भने गते अनुसार जोर बिजोर प्रणालीका आधारमा मात्र सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*