साइबर स्यालहरु समाप्त भए भन्दै हेटौंडामा खुसियाली सभा

हेटौंडा खबर
२८ असार २०७८, सोमबार १९:०२

संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको स्वागत गर्दै हेटौंडामा खुसियाली मनाइएको छ । नेपाली कांग्रेस निकट विभिन्न संगठन र मावोवादी केन्द्र निकट संगठनका नेता तथा कार्यकर्ताको उपस्थितिमा हेटौंडाको बुद्धचोकमा खुसियाली सभा गरिएको छ ।

उनीहरुले प्रतिगमन ढालियो,केपी ओली फालियो भन्दै नारा लगाएका छन् भने केपी ओलीको दम्भ र साइबर स्यालहरु समाप्त भएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*