निषेधाज्ञा खुकोलो भएसंगै हेटौंडामा कोरोना संक्रमिति ह्वात्तै बढे, एकैदिन ३ जनाको मृत्यु

हेटौंडा खबर
४ श्रावण २०७८, सोमबार १९:२२

निषेधाज्ञा खुकोलो भएसंगै हेटौंडामा कोरोना संक्रमिति बढ्दै गएका छन् । गएको २ हप्ता अघिसम्म निकै घटेको संक्रमण दर अहिले ह्वातै बढेको छ ।

हेटौंडा अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या पनि बढेको छ । १० दिन् अघिमात्र १२ जना संक्रमिति थिए, अहिले २८ जना पुगेका छन् । अस्पतालका डाक्टर सगर काफ्लेले बताए ।

उनका अनुसार १० दिन अघिसम्म कोरोना संक्रमित बिरामी अस्पतालको आकस्मिक कक्षमा १ जना २ जनामात्र आउथे तर अहिले १० जना सम्म आउन थालेका छन् । नागरिकले निषेधाज्ञा खुकुलो हुने बित्तिकै लापरवाही गरेकाले पुनः संक्रमित ह्वात्तै बढेको उनु बताउछन् । यस्तै हो भने हेटौंडामा पहिलेकै जस्तो संक्रमितको संख्या बढ्दै जाने र मृत्युदर पनि बढ्ने उनको अनुमान छ ।

स्वास्थ्य कार्यालयका अनुसार गएको २४ घन्टामा जिल्लामा ७४ जना नयाँ संक्रमित थपिएका छन् । हाल संस्थागत आइसोलेसनमा ५५ जना र होम आइसोलेसनमा ५ सय ४३ जना रहेका छन् मकवानपुरमा हाल संक्रिय संक्रमितको संख्या ५ सय ९८ रहेको छ । विगत २४ घण्टामा गरिएको १०५ जनाको पि.सि.आर परीक्षण जनामा ५६ जनाको पोजेटिभ देखिएको र ६६ जनाको एन्टिजेन परीक्षणमा 18 जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै आज सोमबार थप १४१ जनाले पि.सि.आर परीक्षणका लागि स्वाब संकलन गराएका छन ।

त्यस्तै हेटौंडा अस्पतालमा गएको २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसीयु कक्षमा उपचार गराइरहेका ३ संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

हेटौंडा २ निवासी ५५ बर्षिय पुरुषको हिजो साझ ७ बजे निधन भएको हो । त्यस्तै हेटौंडा ४ निवासी ५२ बर्षिय पुरुषको आज बिहान साढे १० बजे र हेटौंडा १५ निवासी ५४ बर्षिय पुरुषको आज बिहान साढे ११ बजे निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले बताए ।

उनका अनुसार हाल हेटौंडा अस्पतालमा २८ जना कोरोना संक्रमित रहेका छन् हालसम्म अस्पतालमा १ सय ७ जनाको मृत्यु भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*