हेटौंडामा जारी नाम मात्रैको निषेधाज्ञा फेरी थपियो

हेटौंडा खबर
६ श्रावण २०७८, बुधबार १८:१८

मकवानपुरमा जारी निषेधाज्ञा पुनः एक हप्ता लम्ब्याईएको छ । साउन ७ गते रातीसम्म जारी निषेधाज्ञा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता थप गरेको हो ।

बैठकले जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई साउन १४ गते राती १२:०० बजेसम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

प्रशासनले निषेधाज्ञा भनेपनि हेटौंडामा सबै व्यवसाय संचालनमा छन् निषेधाज्ञा भन्दा अगाडी जस्तै गरी बजारमा पहलपहल उत्तिकै छ ।

निषेधाज्ञा खुकुलो भएकै कारण जिल्लामा पछिल्ला केहिदिनदेखि कोरोना संक्रमित बढ्दै गईरहेका छन् भने हेटौंडा अस्पतालमा पनि संक्रमित बिरामीको संख्या बढेको चिकित्सकले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*