वीपि स्मृति दिवसमा मकवापुरमा विविध कार्यक्रम

हेटौंडा खबर
६ श्रावण २०७८, बुधबार १९:३२

नेपाली कांग्रेसका संस्थापक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अबसरमा बुधबार कांग्रेस मकवानपुरले विविध कार्यक्रम गरेको छ ।

कांग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा रहेको वीपीको शालिकमा माल्यार्पणका साथै अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियोे ।

त्यसैगरी वीपी स्मृतिको अवसरमा बुधबारै मकवानपुर गढी गाउँपालिका ५ र ६ नं वडाको वडा पार्टी कार्यालय उद्घाटन तथा बृक्षारोपण कार्यक्रम गरिएको छ ।वीपी स्मृतिको अवसरमा गढी ५ र ६ का वडा सभापतिहरु दीर्घबहादुर थापा र रामबहादुर दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु राजिव सुवेदी, अर्जुन दाहाल, अमृता थापा मगर, सुर्यबहादुर रुम्बा, दोर्जेलामा स्याङतान, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली लगायतले वीपीको जीवनीको बारेमा बोल्नुभएको थियोे ।

कार्यक्रममा राप्रपाका जिल्ला सदस्यद्वय बद्रीप्रसाद अधिकारी र अर्जुनबहादुर रुम्बालगायत नेकपा र माओवादीका ४५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*