हेटौंडा आउदै गरेको सुमो दुर्घटना, चालकको मृत्यु ४ जना घाईते

हेटौंडा खबर
२४ श्रावण २०७८, आईतवार १३:३०

काठमान्डौबाट हेटौंडा आउदै गरेको टाटा सुमो दुर्घटनामा परेको छ ।

केहीबेर अघि भिमफेदी कुलेखानि काठमाण्डौ सडकखण्ड स्थित मकवानपुरको इन्द्रसरोबर गाउँपालिका -२ सिमखोला नजिक ना १ ज २११४ नम्बरको सुमो दुर्घटना भएको हो ।

सुनौलो यातायात कम्पनिको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटना हुदा सुमोमा सवार ५ जना रहेकोमा चालकको घटनास्थल मै मृत्यु भएको र अन्य ४ यात्रु घाईते भएका छन्  ।

घाइतेको उपचारका लागी हेटौडा अस्पताल पठाईएको छ ।

घाइते हुनेमा भारत ज्ञानाबाद बिहार प्रान्त बस्ने अन्दाजी बर्ष १४को रोनक कुमार, सोहि ठाउँ बस्ने बर्ष १७ को शंकर कुमार, बर्ष २० को बिशाल कुमार र बर्ष १८ को शिबशक्ति कुमार रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मृतक चालकको हाल नाम थर वतन खुलेको छैन।

यसमा तपाइको मत

Your email address will not be published.


*