सुस्मिता हत्या प्रकरण : फरार अरुण कार्की पुर्पक्षका लागि थुनामा

हेटौंडा खबर
३० भाद्र २०७८, बुधबार १३:०७

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ की सुस्मिता केसी (थापा) को हत्यासम्बन्धी मुद्दामा फरार अरुण कार्कीलाई जिल्ला अदालत मकवानपुरले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका ३४ वर्षीय कार्कीलाई मंगलबार भएको थुनछेक बहसमा न्यायाधिश सीता अधिकारीको इजलासले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।

सुस्मिताको २०७७ साल असार १ गते राति हेटौंडा–४ कर्रास्थित आफ्नै निवासमा हत्या भएको थियो । सुस्मिताको हत्या भएको ९ महिना अघि दुर्घटनामा परेको उनका श्रीमान रुपेन्द्र थापाको मृत्यु भएको थियो । श्रीमानको बिमा बापत केही रकम आउने भएको र उक्त रकम सुस्मिताले नभई आफुहरुले पाउनुपर्ने उद्देश्यले परिवारका सदस्य मिलेर हत्या गरेको अनुसन्धानबाट खुलेपछि ससुरा र सासु, दुई जना नन्दलाई पक्राउ गरेको थियो ।

हत्या परिवारकै संलग्नतामा भएको भनि एक हप्ता पश्चात प्रारम्भीक अनुसन्धानबाट खुलेपछि परिवारका सदस्यहरु क्रमशः ससुरा प्रकाश थापा, सासु तुलसीकुमारी थापा, ठूली नन्द दुर्गा थापा (कार्की) र अर्की नन्द सीता थापालाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई जिल्ला अदालत मकवानपुरका न्यायाधीश सीता अधिकारीको एकल इजलासले यसअघि नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ । अदालतले सुस्मिताको ससुरा प्रकाशलाई भीमफेदी कारागार र सासु तुलसा, नन्दहरु सीता र दुर्गा थापा कार्कीलाई भरतपुर कारागार पठाइसकेको छ ।

हत्यामा संलग्न ससुरा प्रकाश र नन्द सीतालाई आजिवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिलला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*