महेन्द्र राउत- ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्दै हेटौंडा नगर सभापतिको दावेदार

हेटौंडा खबर
३० भाद्र २०७८, बुधबार २१:४८

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि मकवानपुरका सबै स्थानीय तहका १ सय २ वटामा घोषित मितिमै वडा अधिवेशन सकिएको छ । आउदो असोझ ९ गते जिल्लाको गाउँ/नगरपालिका अधिवेशन हुदैछ । कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति पदमा व्यवसायी एवं कांग्रेस नेता महेन्द्र राउतले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

दुई दशक अघिदेखी नेपाल विद्यार्थी संघ मार्फत राजनितीमा आएका राउत नगर सभापतिमा उठेका छन् । उनि वडा अधिवेशनमा हेटौडा  उपमहानगरपालिका वडा नम्बर १ बाट क्षेत्रिय प्रतिनिधिमा बिजयी पश्चात राजनितिमा सक्रिय भएर युवालाई साथ लिएर अघि बढ्ने बताएका छन् । देशको राजनीति उही र पुरानै खालको भएकाले अबको नयाँ पुस्ताले फरक ढंगबाट जानुपर्छ भन्ने सोचका साथ आफु हेटौंडा नगरको सभापतिको रुपमा उम्मेदवार बनेको उनले बताए ।

हेटौंडाखबर संग कुराकानी गर्दै उनले भने, “२०४६ सालको आन्दोलन देखी विद्यार्थी राजनिति सुरु गरी नेवि संघ जिल्ला कोषाध्यक्ष, जिल्ला सभापति हुदै नेपाली कांग्रेसको विभिन्न तहमा आफनो सकृय भुमिका रहदै आएकोले नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेको हु , अबको नेपालि राजनीतिमा पुस्ता हस्तान्तरण संगै युवा शक्ति र  सोचको खाचो छ” ।

पार्टीको जिल्ला सदस्य बनीसकेका राउत मकवानपुरका सफल ब्यवसायी हुन्  । मकवानपुर उद्योग वणिज्य संघमा पूर्व महासचिव रहेका उनि अबको अध्यक्षको समेत दावेदार हुन् ।

लोकतन्त्रको पर्यायको रुपमा रहेको नेपाली कांग्रेसमा युवा पुस्ताको काधमा जिम्मेवारी सुम्पिदै लोकतान्त्रिक अभ्यासमा जानुपर्ने समय आएको उनको भनाई छ ।

बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भएकाले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न हेटौडानगर सभापतिमा उमेद्धवारी रहने उनि बताउछन् ।

१४ औ महाधिवेशन मार्फत अब शसक्त र शक्तिशाली कांग्रेस बनाउने अभियानमा सबैलाई लाग्न अनुरोध गर्दै हेटौडा उपमहानगरपालिकाका कांग्रेसी मतदाताहरुमा सहयोगको लागी राउतले आग्रह पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*