२५ मिटर सडक बिस्तार: तत्काल हेटौंडा नभत्किने

हेटौंडा खबर
३१ भाद्र २०७८, बिहीबार १९:५१

अदालतमा मुद्धा परेपछि स्थगित भएको हेटौंडा बजारको दायाँ-बायाँ २५ मिटर फराकिलो पार्ने कामको बर्षौं पछी फेरी चर्चा हुन थालेको छ ।

केहि वर्ष अघि सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडामा सडक फराकिलो पार्न २५ मिटर भित्र परेका घर टहरा भत्काउन सुरु गरेको थियो । विभिन्न राजनीतिक दवाव र अदालतमा मुद्धा परेपछि उक्त कार्य स्थगित भएको थियो ।

फेरी केहि दिन अघि सडक बिभाग आयोजना निर्देशनालयले पुर्व पच्छिम राजमार्गको स्तरुन्नतीका लागी सडक छेउमा परेका र भत्काऊनु पर्ने स्थान उल्लेख गरेर सुचना निकालेपछी यो बिषयले फेरी चर्चा पाएको छ ।

तर हेटौंडाका घरधनीले सर्वोच्च अदालतमा मुवाब्जा लगायतका कुरामा मुद्धा हालेको र त्यसको फैसला पूर्णरुपमा नआईसकेकाले हेटौंडा बजार तत्काल भत्किने सम्भावना देखिएको छैन ।

विभिन्न मुद्धा परेकाले र अन्य बिषयमा अध्ययन गरेर मात्र काम सुरु गर्नुपर्ने भएकाले तत्काल हेटौंडा बजार नाभत्किने सडक डिभिजन कार्यालय हेटौंडाका सुचना अधिकारी लोमस उपाध्यायले बताए ।

“कहाँ कति भत्किने, कुन ठाउँमा के गर्ने भन्नेबारे अहिले अध्ययन भैरहेको छ, ए.डी.बि ले सुचना त निकालेको छ तर हामि अध्यन गर्दैछौं अहिले नै फिक्स् छैन”, उनले भने ।

उनका अनुसार दशैँ-तिहार सम्ममा अध्ययन सकेर त्यसपछि मात्र कहिलेदेखि भत्किने, के गर्ने भन्नेबारे सोचिने छ ।

मुवाब्जा, मुद्धा, नक्सालगायतको बिषयमा बुझेर निर्णय भैसकेपछिमात्र २५ मिटर सडक बिस्तारको काम अघि बढ्ने उपाध्यायले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*