हेटौंडामा तास खेलिरहेका ७ जनालाई प्रहरीले समात्यो

हेटौंडा खबर
३ आश्विन २०७८, आईतवार १३:४८

हेटौंडा स्थित एक घरमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार हेटौंडा उपमहानगरपालिका १ चाईना क्वाटर स्थित राकेश के.सी.को घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा ७ जनालाई केहि नगद सहित समातेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा घर धनि  ३७ बर्षिय राकेश के.सी., ४२ बर्षिय रमेश श्रेष्ठ, ३८ बर्षिय प्रदिप जंग पण्डित, ४० बर्षिय पदम बहादुर भण्डारी, ३६ बर्षिय बाबु कृष्ण उप्रेति, ३१ बर्षिय दिपेन्द्र कुमार मिश्र र ५५ बर्षिय एक बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
तास खेलिरहेको स्थानबाट ४ बुक तास, २६ हजार ९ सय ८५ नेपालि रुपैया र एक हजार पाँच सय भारतीय रुपैंया सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*