आमा–छोराको शव पोखरीमा फेला

हेटौंडा खबर
४ आश्विन २०७८, सोमबार १३:२३

पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा आमा–छोराको शव फेला परेको छ ।

सोमबार बिहान जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ धर्मपुरमा महिला र बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

घर नजिकै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका करिब ४ वर्षीय छोरा कुशकुमार सिंहको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयहरुले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटेको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान थालेको छ । हत्या वा आत्महत्या अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*