मकवानपुरको बकैयामा गाई काट्ने १० जना मासुसहित पक्राउ

हेटौंडा खबर
४ आश्विन २०७८, सोमबार १६:२६

गाई काट्ने १० जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साझ मकवानपुर बकैया गाउँपालिका ११ स्ववि भन्ने स्थानमा गाई काटेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तिसुँडे मकवानपुरबाट गएको प्रहरी टोलीले गाई काटेर भाग लगाईरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको जिल्ला प्रहर कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका ९ बस्ने वर्ष ५० को सञचमाया ब्लोन, बर्ष ४२ को फुलमाया थिङ , बर्ष १८ को सन्देस बि।क।, बकैया ११ बस्ने बर्ष ३९ को जनक बहादुर लो, बकैया ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया ९ बस्ने बर्ष ४० को सोम बहादुर तमाङ, बकैया ११ बस्ने बर्ष ४३ को राज कुमार घलान, बकैया ९ बस्ने बर्ष १९ को सोमार ब्लोन, बर्ष ४० को रबिन्द्र लो र बर्ष ३३ को पम्पराज लो रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले ५० केजी गाईको मासुसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दशैँजनालाई जिल्ला प्रहरी कार्यालय, हेटौंडामा राखिएको र उनीहरुलाई पशुपंक्षी सम्बन्धि कसुरमा कारवाही अघि बढाईने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published.


*