माधव नेपालले भने – प्रदेश एक र बागमतीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्दैछ

हेटौंडा खबर
४ आश्विन २०७८, सोमबार १७:५६

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

सोमवार पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन्  । उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवादसमेत व्यक्त गरे

अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गरे।

पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु परेको भन्ने पनि उनले प्रश्न गरे। ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो। यो साच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले कति छन् र ९ प्रतिशत २ प्रतिशत भन्दै, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिदै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा?,’ नेपालले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*