बुटवलका मेयरलाई मुक्का हान्ने गणेश पंगेनी पक्राउ

हेटौंडा खबर
४ आश्विन २०७८, सोमबार २१:४१

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् ।

सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ । मेयरमाथि मुक्का प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीको पहलमा उनलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो ।

पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*