अब हेटौंडा उपमहानगरपालिकाको कर मोबाइल एपबाटै तिर्न मिल्ने

हेटौंडा खबर
५ आश्विन २०७८, मंगलवार १२:१९

अब हेटौंडा उपमहानगरपालिकालाई बुझाउनुपर्ने कर मोबाइल एपबाटै तिर्न सकिने भएको छ ।

‘स्थानीय तहको एप’बाट कर तथा बिजुलीको बिल भुक्तानी गर्न सकिने छ । देशभर रहेका ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत यस किसिमको सुविधा दिन थालिएको हो ।

हेटौंडा उपमहानगरपालिका सहित २१ ओटा स्थानीय तहको कर प्रणाली एपमा आवद्ध  भएका छन् । जसमा काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका,  बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिका रहेका छन् ।त्यस्तै कीर्तिपुर, गोदावरी, कावासोती, मध्यबिन्दु, गोकर्णेश्वर र तिलोत्तमा नगरपालिकाको कर प्रणाली समेत स्थानीय तहको एपमा जोडिएको छ ।

नमोबुद्ध, बेलौरी, बर्दघाट, बनेपा, पुनर्वास, धनगढीमाई, थुलुङ र दुधकोसी नगरपालिकाको कर अनलाइनबाट भुक्तानी गर्ने र त्यसको विवरण हेर्ने सुविधा एपमा रहेको छ ।त्यस्तै यसबाटै समस्या दर्ता समेत गर्न सकिने छ । आफु बसेको स्थानमा सडक,पानी,बिजुली,ढललगायतका समस्या भए एपबाटै दर्ता गर्न सकिनेछ ।

यसका लागि सेवाग्राही तथा करदातालाई सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको प्रयोगकर्ताको विवरण आवश्यक पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*