हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिविर हुने

हेटौंडा खबर
१२ आश्विन २०७८, मंगलवार १७:२०

हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग स्वास्थ शिविर हुने भएको छ । आउदो असोज १६ गते मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान, हेटौंडा अस्पतालको प्राङ्गणमा बिहान ८ बजेदेखी शिविर हुने अस्पतालले जनाएको छ । काठमाडौ स्थित सहिद गङालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकमार्फत निशुल्क शिविर आयोजना गर्न लागेको अस्पताल सन्चालक समिती सदस्य उत्सव चौलागाईंले जनकारी दिए । शनिबार हुने शिविरमा मुटुरोगका बिरामिको निशुल्क चेकजाचका साथै इसिजी,इकोलगायतका परिक्षण समेत गरिने चौलागाईंले बताए । शिविरमा निशुल्क स्वास्थ्य जाँचका साथै औषधि वितरण समेत गरिने हुनाले मुटुरोग सङ सम्बन्धित बिरामिहरु शिविरमा आएर स्वास्थ जांच गराउन अस्पतालले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*